You are viewing the translated version of ठेक्का वा करार अन्तर्गत बढी भुक्तानी भएको कर फिर्ता हुने:.

Section 25C1
ठेक्का वा करार अन्तर्गत बढी भुक्तानी भएको कर फिर्ता हुने:
(१) सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून बमोजिमको सार्वजनिक निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति भएको वस्तु वा सेवा वा वस्तु तथा सेवा बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजको नामबाट दाखिल भएको कर बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले बुझाउनु पर्ने करमा मिलान गर्न पाउनेछ।
(२) उपदफा (१) बमोजिम लगातार चार महिनासम्म मिलान गर्दा मिलान हुन नसकी बढी दाखिल भएको त्यस्तो रकम. सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले फिर्ता लिन चाहेमा कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम कसैको निवेदन परेमा फिर्ता दिनु पर्ने ठहरिएको रकम कर अधिकृतले निवेदन परेको मितिले साढी दिनभित्र फिर्ता दिनु पर्नेछ।
(४) सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले उपदफा (२) बमोजिम मिलान गरेर बाँकी रहेको रकम फिर्ता पाउन दावी गरिसकेपछि त्यस्तो रकम अर्को महिनामा उठाएको करमा मिलान गर्न पाउने छैन।